काठमाडौँ । काठमाडौं महानगरपालिकामा आर्थिक वर्ष २०८०र८१ मा ७ हजार ८०० करदाता थपिएका छन् ।
महानगरका अनुसार आर्थिक वर्ष २०८०र८१ मा बहाल करतर्फ ३ हजार ३१७ जना करदाता थप भएका छन् ।त्यस्तै व्यवसाय करतर्फ ३ हजार १६७ जना र सम्पत्ति करतर्फ १ हजार ३३९ जना करदाता थप भएका छन् ।
महानगरले करको दायरा बढाउन प्रत्येक वडामा घरदैलो कार्यक्रम समेत गरेको थियो । महानगरपालिको कर दाताको संख्या बढेसँगै राजस्वमा वृद्धि हुने अनुमान गरेको छ ।





