९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

बागलुङमा जीप दुर्घटना, तीनजनाको मृत्यु



बागलुङ । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।

बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ जाँदै गइरहेको जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन ।

दुर्घटनामा एक पुरुष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ । रासस

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ११ : ५५ बजे