८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कागज र प्रमाण नपुगेको निष्कर्ष समितिले निकाल्दा समेत अपव्याख्या गरियो : शिशिर खनाल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।

मंगलबार रास्वपाको राष्ट्रिय भेलामा बोल्दै सहकारी छानबिन समितिका सदस्य समेत रहेका खनालले समितिमार्फत राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि रविको संलग्नता नभेटिएको उल्लेख गरे । “कागज र प्रमाण नपुगेको निष्कर्ष समितिले निकाल्दा समेत अपव्याख्या गर्न थालिएको छ,” उनले भने ।

खनालले सहकारी प्रकरणमा सरोकारवाला संस्थामा सबै संयन्त्र परिचालन गर्दा पनि लामिछानेबाट एक रुपैयाँ पनि अपचलन भएको नदेखिएको धारणा राखे ।

ूगोर्खा मिडियामा पैसा ल्याउन समेत रवि लामिछानेको संलग्नता नरहेको समितिको निष्कर्ष छ । गोर्खा मिडियाले खर्च गर्दा लामिछानेसहितबाट केही कैफियत गरेका भए अब सरकारले सहकारी कानुन नभइ कम्पनी कानुनअनुसार त्यसले गरेको खर्चबारे अनुसन्धान गर्न सक्छ,ू उनले भने ।

समितिले कार्यादेश पाएका सहकारीबाट मात्रै ८७ अर्ब रुपैयाँ अपचलन भएको देखिएको बताए । रास्वपाको काम अपचलन गर्नेको खोजी र उनीहरूलाई कारबाहीको दबाब दिनु रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : २० बजे