८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

लगातार तीन दिनदेखि सुनको मूल्यले नँया रेकर्ड राख्दै



काठमाडौं । नेपाली बजारमा दैनिक रुपमा सुनको मूल्यमा नँया रेकर्ड राख्दै आएको छ । यही असोज ६ गते आतबार देखि दैनिक नयाँ रेकर्ड बन्दै आएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

यसअघिको उच्च मूल्य सोमबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, गएको आइतबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १२ : ५२ बजे