८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने एडीबीको प्रक्षेपण, यस्तो छ अन्य एसीयाली मुलुकको अवस्था



काठमाडौं । एसियाली विकास बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

एडीबीले प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको संकेत गरेको हो ।

यसअघि अप्रिलको आउटलुकमा एडीबीले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरेको थियो ।

दक्षिण एसियामा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर सात प्रतिशत रहने प्रक्षेपण एडीबीको छ । सबैभन्दा कम पाकिस्तानको २.४ प्रतिशत रहने अनुमान गरिएको छ ।

कृषि उत्पादनमा सुधार, उर्जा उत्पादनमा वृद्धि र पर्यटन आगमनमा वृद्धि लगायतले अर्थतन्त्र सुधारमा मद्दत गरेको एडीबीले जनाएको छ ।
यस्तो छ अन्य देशको अर्थतन्त्रको अवस्था

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ३ : १४ बजे