१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गरिने



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक २ बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुनेछ।

आज हुने बैठक साउन २३ गतेदेखि चलिरहेको केन्द्रीय समिति बैठकको निरन्तरता हो। महासमिति बैठकमा पेस गरेको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गर्ने बताइएको छ ।

महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३ गतेदेखि नै छलफल भइरहेको छ । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेक समसामियक राजनीतिक प्रस्तावबारे विवादमा सहमती जुटेको छैन । महामन्त्री शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसदलगायतको कार्यकाल तोक्ने गरी संविधान संशोधन हुनुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ९ : ४५ बजे