काठमाडौँ । पछिल्लो सयम डेंगु संक्रमितको संख्या बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशका ७५ जिल्लाबाट छ हजार ३४७ जनामा डेंगु पुष्टि हुनुका साथै तीन जना सङ्क्रमितको मृत्यु भएको छ।
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालल अनुसार तनहुँमा सबै भन्दा बढी डेंगु संक्रमण पुष्टि भएको छ। सोही जिल्लामा एक हजार ११६, कास्कीमा ६४५, पर्वतमा ५८७, चितवनमा ५१७, काठमाडौंमा ५११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। त्यसैगरी गोरखामा २४५, झापामा १६३, मकवानपुरमा ११४, भोजपुरमा १०३, पाल्पामा १०१ जनामा डेंगु पुष्टि भएको ईडिसिडीले जनाएको छ।
प्रदेश अनुसारमा बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। बागमती प्रदेशमा एक हजार ६२३, गण्डकी प्रदेशमा दुई हजार ९५४, कोशी प्रदेशमा ७९१, लुम्बिनी प्रदेशमा ४४४, सुदूरपश्चिम प्रदेशमा ३४२, मधेश प्रदेशमा एक सय जनामा जनामा डेंगु पुष्टि भएको छ।
डेंगु संक्रमण एडीस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। एकासि उच्च ज्वरो आउने मांसपेसी, टाउको तथा जोर्नी दुख्ने, थकान महसुस हुने वान्ता हुने डेंगु संक्रमणका प्रमुख लक्षण हुन। चिकित्सकका अनुुसार लामखुट्टेको टोकाईबाट बच्नुनै डेंगु रोगबाट बच्ने एक मात्र उपाय हो।