८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

स्थिर सरकारका माध्यमबाट मुलुकमा विकास र समृद्धि हासिल गर्नका लागी वर्तमान सरकार गठन : गृहमन्त्री लेखक



धनगढी । गृहमन्त्री रमेश लेखकले स्थिर सरकारका माध्यमबाट मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्नका लागी वर्तमान सरकार गठन भएको बताएका थिए ।
नेपाल प्रेस युनियन कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले राजनैतिक स्थायित्व (स्थिर सरकार र स्थिर समीकरण)का लागी नेपाली काँग्रेस र नेकपा एमालेका बिच सत्ता गठबन्धन भएको बताए ।

उनले नयाँ सरकार गठन भएपछि मुलुकमा अर्थतन्त्र चलायमान भएर विकास लगायतका क्षेत्रमा राम्रो काम हुँदै गएको बताए । गृहमन्त्री लेखकले समानुपातिक, समावेशीता लगायत संविधान रहेका व्यवस्थालाई थप मजवुद एवं सुदृढ बनाउन संविधान संशोधन हुने र त्यसका लागि सबै दलसँग संवाद, छलफल गरि अघि बढ्ने बताए ।
पत्रकारको जिज्ञासामा गृहमन्त्री लेखकले सहकारी ठगी प्रकरणमा कानुन बमोजिम हुने बताए । उनले संविधान संशोधनका लागि आयोग गठन गरिने बताए ।
मुलुकमा भएका ऐतिहासिक परिवर्तनमा काँग्रेस र एमाले मिलेर अघि बढेको स्मरण गर्दै गृहमन्त्री लेखकले अहिलेको विशिष्ट परिस्थितिमा प्रमुख दल मिलेर सरकार गठन हुनु स्वभाविक भएको गृहमन्त्री लेखकले बताए। काठमाण्डौबाट धनगढी आईपुग्नु भएका गृहमन्त्री लेखक आज भोली कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  १२ : ३१ बजे