९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

नहरमा ट्याक्टर खस्दा बालकको मृत्यु, तीन घाइते



सर्लाही। सर्लाहीको मलङ्गवा नगरपालिका–७, मुसैलीमा बिहीबार बिहान ट्याक्टर खस्दा नहरमा माछा मारिरहेका एक बालकको मृत्यु भएको छ । 

दुर्घटनामा अन्य तीन जना बालक घाइते भएका छन् । बिहीबार बिहान साँढे सात बजे खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर नहरबाट तल पल्टिँदा नहरमा माछा मारिरहेका बालकहरूमाथि बजारिन पुगेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका मुसैलीका दिनेश साहका छोरा १२ वर्षका रवि साहको मृत्यु भएको छ । 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  १२ : ५३ बजे