८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

बाढीपीडितलाई तत्कालै राहत उपलब्ध गराउन कोसी सरकारलाई कांग्रेसको आग्रह



विराटनगर । नेपाली कांग्रेस प्रदेश समितिले कोसी सरकारलाई बाढीपहिरोपीडितका लागि तत्कालै राहत उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ ।

पार्टीका प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् । केही दिनअघि आएको बाढीपहिरोमा परी ज्यान गुमाएको परिवारलाई तत्काल राहत उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो । कांग्रेस आफैँ कोसी सरकारमा सामेल छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  २ : ०१ बजे