काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँ घटेर कारोबार भएको छ ।आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ४० रुपैयाँ घटेर एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ ।





