खाँदबारी । संखुवासभा उद्योग वाणिज्य संघले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ ।
बडादसैँका अवसरमा जिल्ला कारागारका १३४ कैदीबन्दीका निम्ति ३० किलोबराबरको खसी र नगद पाँच हजार रुपैयाँ उपलब्ध गराइएको संघका वरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले जानकारी दिए । उनले बिहीबार एक कार्यक्रमबीच निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेलाई नगदसहित खसी हस्तान्तरण गरेका थिए ।
संघका महासचिव सरोज बज्राचार्यले कानुनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सहयोग गरिएको बताए ।