८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

पोखरामा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाइने 



पोखरा । कास्की जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले यस्तो आदेश जारी गरेको सूचना सार्वजनिक गरेका छन् ।

“पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागु हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ ९संशोधनसहित० को दफा ६ को उपदफा ९३क० बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ,” सूचनामा भनिएको छ । रास्वपा सभापति रवि लामिछानलाई पक्राउ गरि पोखरा लगिएपनि पोखराको सुरक्षा ब्यवस्था कडा पारिएको छ । पोखरामा रास्वपाको कार्यकर्ता र सहकारी पीडितहरुले छुट्छुटै प्रर्द्शन गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १ : २६ बजे