कास्की । सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एव गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका समर्थकहरूले पोखरा पृथ्वी चोकमा खबरदारी सभा गरेका छन् ।
लामिछानेलाई शुक्रवार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पार्टी कार्यालय वनस्थलीबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्की लगेको थियो । हिजो आइतबार अदालतमा पेस गरेका लामिछानेलाई अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
हिजो पनि रास्वपाका नेता तथा कार्यकर्ता तथा शुभेच्छुकहरूले प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो ।