८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

गण्डकी प्रदेशको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त



पोखरा । गण्डकी प्रदेशको वन मन्त्रीमा काँग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् ।

स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले राजीनामा दिएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् ।

योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । पौडेलको आजै शपथ लिने कार्यक्रम रहेको छ ।
मनाङेले भौतिकबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिनुभएको थियो । गण्डकीमा हाल ९ वटा मन्त्रालय छ। जसमा काङ्ग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ३ : ३६ बजे