२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

नेप्से बढ्यो, चार अर्ब १७ करोडको सेयर कारोबार



काठमाडौँ । मङ्गलवार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनमा करिब ४ प्रतिशत घटेर बन्द भएको नेप्से, यस दिन भने करिब १ प्रतिशत बढेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.८८ अङ्कले बढेर २ हजार ६ सय ६५ दशमलव ८१ विन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ३ सय १४ स्क्रिपको ४ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड ९ लाख कित्ता शेयर किनबेच भएको छ । मङ्गलवार नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार करिब ६ अर्बको शेयर कारोबार भएको थियो ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैङ्क, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

आज १ सय ९९ कम्पनीको शेयर मूल्य बढेको छ । ४० कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैङ्कको १३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्य ८।८६ प्रतिशतले बढेको छ । यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको शेयर मूल्य ७.८२ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ६.३६ प्रतिशतले बढेको छ । महुली लघुवित्तको शेयर मूल्य ६.१० प्रतिशत र मैलुङ खोला जलविद्युतको शेयर मूल्य ६.०९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ४ : १५ बजे