काठमाडौं । साताको कारोबारको अन्तिम दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक २३.३६ अंकले घटेर २६२२.०३ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से परिसूचक २०.४१ अंकले घटेको थियो ।
आज हाइड्रोपावरबाहेक सबै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक ०.३६ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
६७ कम्पनीको सेयर मूल्य बढेको छ । १७० कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ ।
नेपाल एसबिआई बैंकको सेयर मूल्य ९.७५ प्रतिशतले बढेको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.०५ प्रतिशतले वृद्धि भएको छ ।
पाँच अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।