५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

प्रस्तावित राजदूत र न्यायाधीशको संसदीय सुनुवाइ १४ गते हुने



काठमाडौँ । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश द्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाई हुने भएको छ ।

सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश द्वय निरौला र पाण्डेको सुनुवाइ आगामी बुधवार एकै दिन गर्ने गरी सचिवालयले तयार पारेको प्रस्ताव पारित गरेको हो । उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ गरी उहाँहरूको सुनुवाइको काम पनि एकै दिन सम्पन्न गर्ने गरी सचिवालयबाट गरिएको प्रस्तावसहितको कार्य योजना समितिको बैठकले पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिए ।

उनले भने, ‘सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिको सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई उजुरीको पुष्टयाई र औचित्ययता प्रस्ट गर्न लगाउने । बेल्जियमका लागि नेपाली राजदूत र सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरूलाई समितिमा आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्य गरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्य तालिका परिमार्जन समिति पारित गरिएको छ । समितिको अर्को बैठक यही कार्तिक १४ गते बिहान ८ बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ ।’

समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  २ : २४ बजे