७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

डेंगी संक्रमितको संख्या २८ हजार नाघ्यो



काठमाडौं ।देशभर डेंगी संक्रमितको संख्या २८ हजार नाघेको छ । जनवरीदेखि २८ अक्टोबरसम्म २८ हजार २१२ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यो अवधिमा संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । अक्टोबरका २८ दिनमा ९१ देखि २८ सम्म० मात्रै नौ हजार ६६६ जना संक्रमित थपिएका छन् ।

डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा सात हजार १६१ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । काठमाडौंमा चार हजार ३१३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १ : १७ बजे