८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

दुई करोड १४ लाख राजस्व संकलन 



कुनौली । राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१र८२ को तीन महिनामा रु दुई करोड बढी राजस्व संकलन गरेको छ ।

सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१र८२ को साउनदेखि असोजसम्ममा रु दुई करोड १४ लाख ६ हजार एक सय २० राजस्व संकलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए ।

सवारीसाधन करबाट रु एक करोड ३६ लाख पाँच हजार ५२५, यातायात क्षेत्रको आम्दनीबाट रु ६५ हजार ९१० र सवारी दर्ता किताबापत रु २५ लाख ४३ हजार १८५ राजस्व संकलन भएको छ ।

सवारी चालक अनुमतिपत्र बापत रु ९१ लाख ९१ हजार ५०० राजस्व संकलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०र८१ मा रु १३ करोड ८५ लाख ५८ हजार १५१ राजस्व संकलन भएको थियो भने २०७९र८० मा रु सात करोड ५६ लाख २५ हजार ४७५ संकलन भएको थियो । रासस

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १२ : २५ बजे