काठमाडौं । इलामको माइखोलामा आएको बाढीबाट क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको पुनर्निर्माण सकिएको छ । गएको असोज १२ गते माइखोलामा आएको बाढीबाट काबेली करिडोर प्रसारणलाइनअन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा चार टावरमा क्षति पुगेको थियो ।
सोमबार ९हिजो० अपराह्न साढे ४ बजेदेखि प्रसारणलाइन पुनः सञ्चालनमा ल्याइएको हो । योसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालित आयोजनाहरूले पुनः विद्युत् उत्पादन सुरु गरेका छन् । ती आयोजनाबाट असोज १२ देखि विद्युत् उत्पादन बन्द थियो ।
नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा पुनर्निर्माण कार्य अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारणलाइनका पाटपुर्जालगायत सामग्री उपलब्ध गराएको थियो । निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले श्रम लागतलगायत खर्च व्यहोरेका प्राधिकरणले जानकारी गराएको छ ।