८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सुनको मूल्यमा तोलामै दुई हजार रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार एकैदिन सुनको मूल्य तोलामा चार हजार रुपैयाँले घटेको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १२ : ४० बजे