बारा । नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्व मन्त्री गगन थापाले गढीमाई क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने बताएका छन् ।
गढीमाईको पञ्चवर्षीय मेलाको तयारी तीव्र रूपमा भई रहेका बेला बारा सपरिवार सहित दर्शनमा आउनु भएका महामन्त्री थापाले तराई मधेसको समस्या बारे आफू जानकार रहेको बताएका छन् । गढीमाई क्षेत्रको पर्यटकीय विकासका लागि सरकारलाई ध्यानाकर्षण गराउने उनले बताए । यस अघि गढीमाई मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले महामन्त्री थापालाई गढीमाई क्षेत्रलाई विश्व सम्पदा सुचीमा राख्न र पर्यटकीय विकासका लागि सहयोग गर्न ज्ञापन पत्र समेत दिएको थियो ।
गढीमाई मन्दिरमा यसै बर्ष मङ्सिरमा पञ्चवर्षीय मेला लाग्दै छ ।