८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न ढोरपाटन नगर प्रमुखलाई पोखरा ल्याइयो



लेखनाथ । बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई आइतबार बिहान पोखरा ल्याइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष नेपालीलाई सहकारी ठगीबारे अनुसन्धान गर्न पोखरा ल्याइएको हो ।

पोखरा र बागलुङमा एकै नाममा दुई सहकारी सञ्चालन गर्नुभएका नेपाली बागलुङको सहकारी ठगी अभियोगमा जिल्ला कारागार कास्कीका पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । भारतको नयाँ दिल्लीबाट असोज १२ गते पक्राउ पर्नुभएका नेपालीलाई जिल्ला अदालत बागलुङले असोज १५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

देवकुमार पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्व अध्यक्षसमेत हुन् । र्य दर्शनको नेतृत्व गर्न नपाएपछि इमेज सहकारी खोल्नुअघि नै रकम हिनामिना गरेको अभियोगमा कास्कीमा पनि उहाँविरुद्ध मुद्दा विचाराधीन छ । पोखराको इमेज सहकारीमा ६४ करोड ८८ लाख ६० हजार चारसय ८० रुपियाँ ठगीमा जिल्ला अदालत कास्की १५ जनाविरुद्ध दायर भएको मुद्दा अहिले विचाराधीन छ । इमेज सहकारी बागलुङमा करिब डेढ अर्ब अपचलन भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ३ : १७ बजे