३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

राष्ट्रपति पौडेल स्वदेश फिर्ता



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएका छन्। राष्ट्रपति पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन ९कोप–२९० मा भाग लिएर आज स्वदेश फर्किएका हुन् ।

राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतले विमानस्थलमा स्वागत गरेका छन्।

गत कात्तिक २५ गते राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान गरेका थिए।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : ५० बजे