८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

चारवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । आज संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दै छ ।

बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा समितिले गर्ने स्थलगत अनुगमन तथा समितिका कामकारबाहीका विषयमा छलफल हुनेछ ।

दिउँसो सवा १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुनेछ ।

दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : ५४ बजे