१८ माघ २०८२, आइतबार | Mon Feb 2 2026

पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्र विकास खर्च



काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार, कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्र छ ।

चालु आर्थिक वर्षका निम्ति सरकारले कुल १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड रुपैयाँबराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्तसम्ममा २२।३१ प्रतिशत अर्थात् चार खर्ब १५ अर्ब दुई करोड रुपैयाँ खर्च भएको छ ।

सरकारको चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५.६५ प्रतिशत छ । चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख रुपैयाँबराबर खर्च भएको छ ।

पुँजीगत शीर्षकका तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाखबराबर विनियोजन भएकामा ९।८ प्रतिशत अर्थात् ३४ अर्ब ५३ करोड १० लाख रुपैयाँ खर्च भएको छ ।

च्यथब िभ्लाष्भमि क्ष्कबिलम ब्म
वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका निम्ति तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाखबराबर विनियोजन भएकामा पहिलो चौमासिकमा ८९ अर्ब ९६ करोड २४ लाख रुपैयाँ खर्च भएको छ ।

कात्तिक मसान्तसम्मको राजस्व संकलन वार्षिक लक्ष्यको २२।३६ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका निम्ति सरकारले कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । हालसम्म तीन खर्ब २९ अर्ब एक करोड ५५ लाख रुपैयाँबराबर राजस्व संकलन भएको छ ।

सरकारले चालु आर्थिक वर्षका निम्ति ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँबराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकामा हालसम्मको प्रगति शून्य छ । रासस

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ७ : ४४ बजे