८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

बाढी पहिरोले क्षती पुर्‍याएको स्थानमा खर्च गर्न अर्थले गर्‍यो विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा



काठमाडौँ । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गरेको छ । मङ्गलवार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जनाएको हो ।

गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्‍याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ०८ बजे