८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सेयर बजारमा कारोवार रकम घट्यो



काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ९।०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने कमी आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कारोबार रकममा एकै दिन तीन अर्ब ३८ करोडले कमी आएको हो । आज सात अर्ब नौ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन १४३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ८९ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ३ : ५८ बजे