२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

सुनको मूल्य एकैदिन तोलामा १५ हजारले ९ सयले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घटेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार ३०० रुपैयाँ कायम गरेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ११ : २९ बजे