काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलामा २६ सय रुपैयाँ घटेको थियो ।
यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।