२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

शेखर कोइरालाले भने – बिआरआईका बिषयमा संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ



बिराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बिआरआईका बिषयमा संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।
कोइरालाले बिआरआईका बिषयमा कांग्रेस(एमालेले तयार गरेको दस्तावेजलाई गहन छलफल गरेर यदि ठिक छ भने चिनियाँ पक्षलाई कन्भिन्स गर्नुपर्ने बताए ।

बिराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै कोइरालाले बिआरआई जस्तो संवेदनशील बिषयलाई सडकमा ल्याएर उराल्ने काम भएको बताए ।

बिआरआईका बिषयमा नेपाली जनताले राम्रोसँग बुझ्दै नबुझेको, उनिहरुले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको कोइरालाको भनाई थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ८ : २५ बजे