२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल निर्वाचित, माओवादी दोस्रो



काठमाडौं । काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । उनी पाँचहजार ३३४ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले चाहरजार ५५५ मत ल्याए । तेस्रो बनेका नेकपा ९एमाले०का सुरेन्द्र मानन्धरले चारहजार ३३७ मत ल्याए ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौहजार ४३ मत ल्याएर निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ३१ बजे