१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

एनपिएल: सुदूरपश्चिम ९० रनले विजयी



काठमाडौँ । नेपाल प्रिमियर लिगको तेस्रो दिनको पहिलो खेलमा कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको छ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा समेटिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १८२ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान ऐरीले अर्धशतकीय पाली खेले। उनले २३ बलमा अर्धशतक प्रहार गरे। २४ बल खेलेका ऐरीले ३ चौका र ५ छक्कासहित ५७ रनमा अविजित रहे।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १२ : ३८ बजे