७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

फ्रान्समा भोटिङ नगराइकन बजेट पास गर्ने निर्णयपछि गठन भएको तीन महिनामै ढल्यो बार्नियरको सरकार



फ्रान्स । फ्रान्सका प्रधानमन्त्री मिशेल बार्निये पदमुक्त भएका छन् । फ्रान्समा सन् १९६२ पछि पहिलो पटक अविश्वास प्रस्तावबाट सरकार ढलेको हो । अविश्वास प्रस्ताव बहुमतले पास भएपछि प्रधानमन्त्री बार्निये पदमुक्त भएका छन् ।
राष्ट्रपति इमानुएल म्याक्रोनले नियुक्त गरेको तीन महिनापछि सांसदहरूले उनीविरुद्धको प्रस्तावको समर्थनमा भारी मत दिएको बीबीसीले जानएको छ ।

पूर्व ब्रेक्सिट वार्ताकारले विवादास्पद रूपमा मतदान बिना आफ्नो बजेटमार्फत जबरजस्ती गर्न विशेष शक्तिहरू प्रयोग गरेपछि विपक्षी दलहरूले प्रस्ताव राखेका थिए ।

दक्षिणपन्थी र वामपन्थी दलका सांसदहरुले प्रधानमन्त्री मिशेलविरुद्ध सोमबार अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त अविश्वास प्रस्ताव पारित हुन २८८ मत आवश्यक थियो । तर प्रस्तावको समर्थनमा ३३१ जनाले मतदान गरेको बीबीसीले जनाको छ ।

पछिल्लो समय फ्रान्समा सामाजिक सुरक्षा बजेटको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबिच तनाव बढेको थियो । प्रधानमन्त्री बार्नियेले संसदमा भोटिङ नगराइकन बजेट पास गर्ने निर्णय गरेपछि वामपन्थी र दक्षिणपन्थी दलका सांसदहरुले अविश्वास प्रस्ताव ल्याएका थिए ।

प्रधानमन्त्री बार्नियेले बिहीबार राष्ट्रपति म्याक्रोनसमक्ष राजीनामा पेस गर्नेछन् । सरकार ढलेसँगै सन् २०२५ मा आउने देशको बजेट निष्क्रिय भएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ११ : ३७ बजे