८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी नगरौँः परराष्ट्रमन्त्री राणा



काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् ।

।इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा संचारकर्मीसँगको कुराकानी गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गरेकी हुनु् ।

उनले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझि टिप्पणी गरेको बताए । उनले ऋण लिने÷दिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाए ।

नेपालले चीनसँग बिआरआई बाहेक अन्य कुनै सम्झौतमा हस्ताक्षर नगरेको पनि स्पष्ट पारिन् । चीनले अघि सारेका डेभलपमेण्ट इनिसिएटिभ्स बारेमात्रै नेपालको चासो भएको बताए । बिआरआई सम्झौता आफैँ विकास सहायता भएको बताए । नेपालले चीनको ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ्समा मात्र सहभागी भएको बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ४ : ३६ बजे