८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

यी हुन् कोशीमा महामन्त्री गगन थापा उठाएका तीन महत्वपुर्ण एजेण्डा



विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्र भाग लिएपछि कामको जिम्मा लिनुपर्ने बताएका छन् । कोशीको पहिलो प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले शेखर कोइराला प्रति लक्षित गर्दै उनले पार्टी भित्र सबैखाले नेताहरु रहेको भन्दै सबैलाई समेट्नुपर्ने बताए । उनले भने, ‘हिजो अधिवेशनमा समूह बनाएर लडेको भन्दै थापाले जितहारलाई ग्रहण पनि गर्नुपर्ने बताए। ‘पार्टीमा लडौं, बहस गरों, छलफल गरौं तर पार्टीका एकता अनिवार्य छ। सबैलाई मिलाएर लैजानुपर्छ। जित्ने हार्ने सबै। हामी सबै खालका छौं नि त ।पार्टी टेक्निकल होइन राजनीतिक बिषय हो, सबै समेट्नुपर्छ, सबैलाई मान चाहिन्छ, स्पेस चाहिन्छ तर, अस्ति नै किन मत नदिएको भनेर अहिले सभापतिसँग मन्चमा सँगै नबस्ने भन्ने हुँदैन’, थापाले भने ‘ सभापतिसँग अहिले पनि कति कुरा कुरा मिल्दैन। समेट्नुपर्छ भनिरहेका हुन्छौं। कराइरहेका हुन्छौं। तर, यसो भन्दै गर्दा आफ्नो भागमा परेको कामको जिम्मा पनि त लिनुपर्यो।’

भ्रातृ संस्थाहरूको अधिवेशन गर्न भनेर निर्देशन समिति पनि ६०–४० को भागमा बनेको बताउँदै थापाले थपे, ‘काम गर्छु भनेर भाग लाएपछि जिम्मा लिनुपर्छ। ६० सभापतिको जिम्मा हो भने ४० भाग लिनेले पनि जिम्मा त लिनुपर्छ।

भ्रातृ संस्थाहरूको अधिवेशन गर्न भनेर निर्देशन समिति पनि ६०–४० को भागमा बनेको बताउँदै थापाले थपे, ‘काम गर्छु भनेर भाग लाएपछि जिम्मा लिनुपर्छ। ६० सभापतिको जिम्मा हो भने ४० भाग लिनेले पनि जिम्मा त लिनुपर्छ।
त्यस्तै उनले प्रदेश सम्मेलनको मुखैमा मंसिर १८ मा कोइराला पक्षले कोशीका पालिका सभापतिहरूको भेला बिषयमा केही असन्तुष्ट पोखेका थिए । ठुला भेलाको आयोजना गर्दा केन्द्रको आयोजक र संयोजन उक्त इच्छाएको इकाईले गर्नुपर्ने निर्देशन दिए । उनले भने, केही समयअघि रूपन्देहीको क्षेत्रीय समितिले देशभरका १६५ वटै क्षेत्रका सभापतिहरूको भेला बोलाउँछु भन्यो, हामीले नगर्नुस्। केन्द्रले त्यसको आयोजना गरिदिन्छ, बरू संयोजन गर्नुस् भन्यौं। कास्कीले पनि ७७ वटै जिल्ला सभापति बोलाउँछु भन्यो हामीले त्यसै भन्यौं’, महामन्त्री थापाले भने ‘भेला गर्न, देशैभरि घुम्न पाइन्छ। तर, संयोजन नगरी नगरौं। विराटनगरको कुनै वडा समितिले वडा सम्मेलन गर्दिन्छु भन्यो भने, महानगर समितिले के गर्छ ? केन्द्रले भनेको यति मात्रै हो।’
त्यस्तै उनले बीआरआई बिषयमा संसदमा छलफल गर्नुपर्ने बताए ।
यता निकै छोटो समय बोलको पार्टी सभापति देउवाले भने सरकारको बचाउमा समय खर्चिएका थिए ।

‘ओलीजीले राम्रो काम गर्नुभएको छ’, देउवाले भने, ‘राम्रोलाई राम्रो भन्नुपर्छ। बिआरआईमा पनि राम्रो सहमति भएको छ। अब यो गठबन्धन पूरा समयसम्म रहन्छ। केही समस्या भए छलफल हुन्छ।’
उक्त सम्मेलनलाई शेखर कोइरालाले बहिस्कार गरेका थिए । पछिल्लो समयमा महामन्त्री गगन थापा र शेखर कोइराला दुरी बढेको छ । पार्टी महाधिबेशनमा नेतृत्वकाको लागि शेखर कोइराला र देउवा भिडेका थिए भने संसदीय दलको निर्वाचनमा महामन्त्री थापा र सभापति देउवा बिच प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ७ : १९ बजे