काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा मङ्सिर २८ र २९ गतेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीले सञ्चालन गरेको चार महिने सङ्गठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतका कार्यसूचिमा छलफल भइरहेको छ ।
बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचिमाथि केन्द्रीय कार्यकारिणी सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।