काठमाडौँ । गाजापट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमणमा ३८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले बताएका छन् ।
गाजा सहरको अल–जला सडकमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमणमा बालबालिका र महिलासहित १० जनाको मृत्यु भएको गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले बताउनु भयो । मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविरमा, विस्थापित मानिसहरूको लागि एउटा घरमा इजरायली हवाई आक्रमणमा १५ प्यालेस्टाइनीहरू मारिएका छन् ।
प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताए कि इजरायली युद्धक विमानहरूले अल–नुसेरातको पश्चिममा कम्तिमा एउटा क्षेप्यास्त्र प्रहार गरी एक घरलाई निशाना बनाएका थिए । इजरायली सेनाले यी आक्रमणहरूबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४४ हजार ८३५ पुगेको छ ।