चितवन । गृहमन्त्री रमेश लेखकले अनुसन्धानलाई प्रभावित पार्ने गरी कसैले अभिव्यक्ति दिन नहुने बता्एका छन् । नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गहमन्त्री लेखकले सहकारीको रकम अपचलन गरेको विषयमा प्रहरीले अनुसन्धान गरिराखेको व्यक्तिका विषयमा टिकाटिप्पणी गर्दा ध्यान दिनुपर्ने बताए । केही दिन अगाडि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई बाहिर राखेर अनुसन्धान गर्न सकिने भन्दै अभिव्यक्ति दिए ।
पत्रकारले सोधेको प्रश्नको जवाफमा गृहमन्त्री लेखकले संसदीय छानविन समितिको निष्कर्ष र कानुनी प्रकृयाका आधारमा अनुसन्धानमा रहेको व्यक्तिमाथि स्वतन्त्रपूर्वक राज्यका निकायले काम गर्न दिनुपर्न बताए । उनले देश बाहिर रहेका जिवी राईलाई नियन्त्रणमा लिने प्रकृया अगाडि बढेको जानकारी दिए ।
उनले सहकारी मात्र नभएर गैर कानुनी काम गर्ने जुनसुकै व्यक्ति संस्थामाथि आवश्यक कारबाही गर्न सरकार प्रतिबद्ध भएको बताए । कानुनभन्दा कुनै पनि व्यक्तिमाथि नभएकाले जुनसुकै व्यक्ति दोषी भए, प्रमाणले दोषी ठहर्याए कारबाही हुने उनको भनाई थियो ।