काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको शोकमा देशभरका पार्टी कार्यालयहरुमा आधा झन्डा झुकाउने भएको छ ।
आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सिंहको शोकमा पुस १,२ र ३ गते पार्टी केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा आधा झन्डा झुकाउने निर्णय गरेको हो ।
सिंहको गएराति चाक्सीबारीस्थित निवासमै निधन भएको थियो। उनी कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत हुन् ।
बैठकले मंगलबार केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय पनि गरेको छ।
१ पुस २०८१, सोमबार
28
Shares