२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

यी हुन मन्त्रीपरिषद् बैठकका १४ निर्णयहरु (सूचीसहित)



काठमाडौं । सरकारले गत मंसिर २७ र २८ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् संचार एवम सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले मन्त्रालयमा आयोजित नियमित प्रेसमिट मार्फत मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठकले देवराज ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्ति गरेको छ ।

यस्तै बैठकले सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिका डलर करिब ११ अर्ब ५५ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सञ्चारमन्त्री गुरुङले सत्य निश्रपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानुन आयोगको सचिव पदमा र नेपाल कानुन आयोगका सचिव पाराश्चर ढुङ्गानालाई सत्य निरुपण तथा मेलमिला आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ५ : २६ बजे