७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

बढ्यो नेप्से, चार अर्ब ३४ करोडको कारोबार



काठमाडौं । मंगलबार धितोपत्र नेप्से परिसूचक २।९५ अंकले बढेको छ । नेप्से ०.११ अंकले बढेर २,६३३.८७ को विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज चार अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँमा ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच भएको छ ।

आज ११७ कम्पनीको सेयरमूल्य बढ्दा ११७ कम्पनीको सेयरमूल्य घटेको छ । दश कम्पनीको सेयरमूल्य स्थिर छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये आठ वटाको समूहगत परिसूचक बढेको छ । पाँच वटाको घटेको छ ।
सबैभन्दा धेरै कमाउनेमा सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ३ : ५२ बजे