काठमाडौं । यो साता स्थानीय बजारमा सुनको मूल्यमा निकै उतारचढाव आइरहेको छ । मंगलबार बढेको सुनको मुल्य बुधबार भने घटेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।