७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

भरपुरमा गृहमन्त्री लेखककले भने – रविको हिरासत भित्रको फोटो बारे अनुसन्धान जारी छ



भरतपुर । गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षबाट बाहिरिएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटोका सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै मन्त्री लेखकले त्यो घटनाका सत्यतथ्य बाहिर आउने स्पष्ट पारे ।

“प्रहरीलाई यसका बारेमा गम्भीरतापूर्वक छानबिन गर्न, के भएको हो सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएको छु । छानबिन भरहेको छ । पहिला भएको के हो पत्ता लगाउन आवश्यक छ ।”, मन्त्री लेखकले भने, “भाको के हो सत्यतथ्य बाहिर आउँछ । अनि मात्रै त्यस उपर कारवाही प्रक्रिया अगाडि बढ्छ ।”

ठगी अभियोग लागेका रास्वपा सभापति लामिछानेको हिरासतमा सुत्दै गरेको भनिएको फोटो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । लामिछानेलाई अनुसन्धानका क्रममा जिल्ला जिल्लामा घुमाउनु गलत भएको भनी सरकारविरुद्ध आलोचना भइरहेका बेला गृहमन्त्री लेखकले भने त्यो स्वाभाविक प्रक्रिया भएको उनले बताए ।

“मैले बुझेको कानुन अपराधिक कार्यमा कति ठाउँमा अपराधजन्य घटना भएको छ त्यति ठाउँमा अनुसन्धान हुन्छ । एउटा जिल्लामा अपराधिक घटना भयो भने, एउटा जिल्लामा ठगी भयो भने अर्को जिल्लामा अनुसन्धान हुँदैन । त्यही जिल्लामा हुन्छ ।” उनले भने ।

केही दिन अघि एक सार्वजनिक कार्यक्रममा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले राख्नुभएको अभिव्यक्तिको पनि उनले खण्डन गरे ।

“जति ठाउँमा घटना हुन्छ त्यति ठाउँमा अनुसन्धान हुन्छ । मैले बुझेको कानुन यही हो”, उनको स्पष्ट भनाइ थियो । पूर्व प्रधानन्यायाधीश कार्कीले लामिछानेलाई जिल्ला जिल्ला घुमाएर मानव अधिकारको हनन भएको अभिव्यक्ति दिएका थिए ।

मन्त्री परिषद्को पुनर्गठन र हेरफेरको कुनै सम्भावना नरहेको पनि उनले स्पष्ट पारे । “गाईंगुईं हल्ला त सरकार बन्नुभन्दा पहिलेदेखि नै सुरु हुन्छ । यो सधैँ रहिरहन्छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  १ : २२ बजे