८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती आज मनाइँदै छ । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेता भट्टराईको जन्मजयन्ती मनाउन लागेका हुन् ।

विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए ।

विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति ९निर्वाण० भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भनेको स्वामी आनन्द अरुण स्मरण गर्छन् । प्रधानमन्त्री भएका बेला काठमाडौंमा ओशो तपोवनको उदघाटन भट्टराईले नै गरेका थिए । जीवनकालमा भट्टराई पटकपटक ध्यान गर्न त्यहाँ पुग्ने गर्दथे ।

स्वामी आनन्द अरुण भट्टराईलाई आफ्नो अडानमा टसमस नहुने नेताका रुपमा सम्झना गर्दछन् । तत्कालीन सरकारले तयार पारेको कागजातमा हस्ताक्षर गरेर बिपी कोइराला र गणेशमान सिंह सुन्दरीजल बन्दीगृहबाट बाहिरिँदा नेता भट्टराई जेलमा नै बसेको उनेको स्मृतिमा ताजै छ । सन्तनेता भट्टर्राईको निष्ठाको राजनीतिको उनी मुक्तकण्ठले प्रशंसा गर्छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १२ : ५१ बजे