७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौँ । पार्टीको आगामी केन्द्रीय कार्य समिति बैठकको तयारीका सम्वन्धमा छलफल गर्न नेकपा एमाले सचिवालय बैठक आज बोलाएको छ। बैठक आज बिहान ११ बजे एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थितमा बस्न लागेको हो।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची,केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा साथै पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने छ ।

बैठकमा समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ११ : २३ बजे