३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

कांग्रेसको सयदिने अभियान : काम सक्न बाँकी जिल्लालाई माघ १६ गतेसम्म समय



काठमाडौँ । नेपाली कांग्रेसको सयदिने अभियानको काम सक्न बाँकी जिल्लाका लागि समय थप भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन पुस १६ गते अभियान समापन हुने बताइएको भए पनि काम सक्न बाँकी जिल्लाका लागि समय थप भएको हो।

केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाई र अन्य विविध कारणले ‘सय दिने विशेष अभियान’ को तोकिएका कार्य सम्पादन हुन नसकेपछि समय थप भएको हो ।
काम सक्न बाँकी जिल्लाले सहिद दिवसका दिन १६ माघ २०८१ समापन गर्नेगरी समयावधि थप भएको हो।

जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमितिलगायतका सबै समिति र सम्बद्ध सबै साथीलाई थप अवधिमा साङ्गठनिक रूपले गर्नरगराउन निर्देशन दिइएको छ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  २ : ४३ बजे