काठमाडौं । शुक्रबार संघीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दै छ । सुशासन र पूर्वाधार विकास समिति तथा राज्यव्यवस्था समितिकोबैठक बस्न लागिएको हो ।
राज्यव्यवस्था समितिको बैठक दिउँसो १२ः१५ बजे कानुन समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ । पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बस्नेछ । बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।





