काठमाडौं । आइतबार सहकारीसम्बन्धी अध्यादेश जारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ । अध्यादेश जारी भएसगैँ सहकारी समस्या समाधानमा केही सहजता हुनेछ ।





